logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाले आज कांग्रेससँग छुट्टै छलफल गर्न


अंकुरण खबर
1.196K
Shares

काठमाडौं – सरकारले संक्रमणकालिन न्यायको बिषयमा टुँगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छुट्टै छलफल गर्ने भएको छ । हिजो सर्वदलीय छलफल गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज कांग्रेससँग छुट्टै छलफल गर्न लागेका हुन ।

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बुधबार दिउँसो ४ बजे बालुवाटार बोलाएको उनका सहयोगीले जानकारी दिए ।

यसै बिषयमा केहि दिन अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच पनि अनौपचारिक छलफल भएको थियो । ओलीले गत आइतबार संसदमा सम्बोधन गर्दै संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगहरूको टुंगो एक हप्तामा लगाइसक्ने प्रतिवद्धता जनाएका छन् ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्नेबारे नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल हुँदै आएपनि पदाधिकारी रिक्त रहेका छन ।