logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्पेनिस ला लिगा जुनबाट शुरु गर्ने तयारी, क्लबहरु यसै साता प्रशिक्षणमा फर्कने


अंकुरण खबर
949
Shares

स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनका बाँकी खेलहरु आगामी जुनमा शुरु हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएका खेल महामारी कम हुँदै गएपछि शुरु गर्ने तयारी थालिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण हुँदै जाने क्रम जारी रहेमा खेल शुरु गर्नका लागि चार हप्ताको समय लाग्ने ला लिगाले जनाएको छ । क्लबहरुले लिगका बाँकी खेल शुरु गर्नका लागि योजना बनाउन थालेका हुन् ।

लकडाउनमा पनि केही छुट दिन थालिएपछि क्लवहरु यही हप्ताबाट प्रशिक्षणमा फर्कदैछन् । व्यक्तिगत प्रशिक्षणपछि सानो समूहमा प्रशिक्षण गर्ने र त्यसपछि मात्रै टिम प्रशिक्षणको योजना छ । त्यसअघि खेलाडीको कोरोना संक्रमण परीक्षण समेत गरिने छ ।

शीर्ष डिभिजनका खेलाडीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षणको व्यवस्था गरिएको छ । प्रशिक्षणमा सुरक्षात्मक उपाय अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमण शुरु भएपछि मार्चदेखि नै स्पेनमा फुटबल गतिविधि स्थगित गरिएको छ । ला लिगामा यो सिजनका ११ चरणका खेलहरु बाँकी छन् । एजेन्सी