गृहमन्त्री रामबहादुर थापा बादलले लकडाउन खुकुलो बनाउने बताएका छन् ।
गृहमन्त्री बादलले चैत ११ गतेदेखि लगाइएको लकडाउन शर्तसहित केही खुकुलो बनाइने बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै गृहमन्त्री बादलले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय हो लकडाउन, तर यसले आर्थिक संकट निम्त्याएको छ, त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ ।’