logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजेन्द्र महतोको आक्रोश- दुई तिहाइको सरकार दुई कौडीको पनि छैन


अंकुरण खबर
988
Shares

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाई मतको शक्तिशाली वर्तमान केपी ओली सरकार दुई कौडीको पनि नभएको आरोप लगाएका छन्।

संघीय संसद् प्रतिनिधिसभामा बोल्दै नेता महतोले यस्तो आरोप लगाएका हुन् । सरकारले जनताका पक्षमा कुनै पनि काम नगरेको आरोप लगाएका नेता महतोले आफ्नो पार्टीका सांसद्लाई सरकारले नै गुन्डा पठाएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

नेता महतोले कोरोना परीक्षणमा सरकारले उदासीनता देखाएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे। ‘व्यापक रूपमा परीक्षण हुनुपर्यो। एकै परिवारमा १७ जना कोरोना संक्रमित देखिएका छन्। सरकारले तत्काल परीक्षण बढाउन आग्रह गर्छु,’ उनले भने।

विदेशमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन समेत उनले आग्रह गरे।