logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद तामाङले भने-नेपाली शासकले भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाए


अंकुरण खबर
1.755K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेपाली शासकले सीमा विवादबारे भारतसँग आँखा जुधाएर कुरा गर्ने साहस गुमाइसकेको टिप्पणी गरेका छन् ।

पूर्व कानुन मन्त्रीसमेत रहेका तामाङले सामाजिक सञ्जालमा दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालका समकालीन शासक, प्रशासकहरूले छिमेकी भारतसँग आँखामा आँखा जुधाएर सम–उचाइमा बसेर दुई देशबीचको सीमा विवाद र असमान सन्धिहरूको विषयमा कुरा गर्न सक्ने नैतिक आधार कुनै न कुनै रूपमा गुमाइसकेका छन् ।’