logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ


अंकुरण खबर
1.378K
Shares

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन्।

भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौंमा प्रदर्शन गर्ने क्रममा दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतले नेपाली भूमिमा बाटो बनाउनु सार्वभौमसत्तामाथिको आक्रमण रहेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौंमा भारतको कदमको विरोधमा दैनिक रुपमा प्रदर्शन भइरहेका छन्।