logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको अनुपस्थितिमा पार्टीको बैठक बोलाउने अधिकार दाहाललाई


अंकुरण खबर
1.131K
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठकको अध्यक्षता अर्को अध्यक्ष पुष्पकमल दाहालले गर्ने सहमति भएको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीको अनुउपस्थितीमा बैठक बोलाउने अधिकारी पनि दाहालललाई दिने निर्णय भएको हो ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाने हुदाँ अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठकको अध्यक्षता अध्यक्ष ओलीको अनुपस्थितीमा दाहालले गर्ने निर्णय भएको बताए ।

नेकपामा ओली र दाहाल दुवै अध्यक्ष छन् । तर हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका छन् ।