logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


अंकुरण खबर
780
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न कांग्रेसले दिउसो संसदीय दलको बैठक बोलाएको हो ।

शुक्रबार अपरान्ह ४ बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कांग्रेसले संसद भवनमै संसदीय दलको बैठक राखेको हो ।

समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाइएको कांग्रेस नेताहरुले बताएका छन् ।