logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ३१ जना सफाईकर्मी भएको खुलासा


अंकुरण खबर
2.6K
Shares

काठमाडौंमा गरिएको र्‍यापिड डाइग्नोष्टिक टेष्ट आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ३१ जना सफाईकर्मी रहेको जनाइएको छ । बढी जनसम्पर्कमा आउने सरसफाईमा संलग्न काठमाडौं महानगरपालिकाका ९ सय ३२ जनाको नमुना संकलन गरि परीक्षण गरिएकोमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुमध्ये आरडिटी पोजेटिभ देखिएका ३१ जना मध्ये केही फोहोर संकलन गर्ने सवारी चालक र केहि नगर प्रहरी रहेको खुलेको छ ।

हालसम्म नेपालमा २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरुको रिपोर्ट पोजेटिभ देखिएसंगै निमित रुपमा सफाई गर्ने कर्मचारीमा त्रास फैलिएको छ ।