logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रचण्डले विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरे


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । मन्त्री जयशंकरले भेटघाटका लागि बत्तिसपुतलिस्थित होटल द्वारीकामा प्रचण्डलाई बोलाए पनि अध्यक्ष प्रचण्डले त्यहाँ भेट्न अस्वीकार गरेका हुन् ।

मन्त्री जयशंकरले भने सबै राजनीतिक भेटघाट द्वारिका होटलमा नै गरेका थिए । अध्यक्ष प्रचण्डले आफू त्यहाँ नआउने र भेटघाटको व्यवस्था अर्को कुनै होटलमा मिलाउने भने पनि मन्त्री जयशंकर अर्को कुनै होटेलमा नजाने प्रतिक्रिया दिएपछि भेटघाट नभएको हो ।

विदेशमन्त्री जयशंकर बसेकै होटलमा भेट्न उपयुक्त नहुने ठहर अध्यक्षको थियो, स्रोतले भन्यो, ‘कि त आफ्नै निवास खुमल्टारमा आउन वा अन्य कुनै होटलमा भेट्न अध्यक्षले प्रस्ताव पठाउनुभएको थियो ।’ सोही होटलमा काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्यहरुसँग उनले भेटघाट गरेका थिए ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘पार्टीको बैठक भएको कारण दुईजनाका बीचमा भेटघाट भएन । भेटघाट गर्ने समयमा सचिवालयको बैठक थियो त्यही भएर अध्यक्ष प्रचण्डसँग भेट हुन सकेन ।’