logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनिषा कोइरालाको पक्षमा विप्लव, भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन माग


अंकुरण खबर
832
Shares

नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व अभिनेत्री मनीषा कोइरालाको पक्षमा बोलेको छ ।

विप्लव नेकपाले राष्ट्रियताका पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्ने बहानामा नेपालको राष्ट्रियताविरुद्ध भारतले गरेको दुष्प्रचारको निन्दा गरेको हो ।

विप्लव नेकपाको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय सञ्चारमाध्यमले नेपालको राष्ट्रियतामाथि नै आँच आउने गरी दुष्प्रचार गरेकोमा आक्रोश व्यक्त गरेको छ।

विज्ञप्ति मार्फत महासंघले सबै भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन माग गरेको छ।