logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजेन्द्र महतोको टिप्पणी-“आफू मालिक अरू भिकारी प्रवृत्तिको बजेट आयो”


अंकुरण खबर
845
Shares

राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले ‘आफू मालिक र अरू भिकारी’ प्रवृत्तिको बजेट सरकारले ल्याएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभामा बजेटमाथि धारणा राखेका उनले आमजनतालाई उत्साहित बनाउन बजेटले नसक्ने पनि बताए।

‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्नेरु राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याइएको छ यो बजेट,’ उनले भने।

राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट ल्याएको आरोप उनको थियो। केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको महतोले बताए।