काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी बनेका अध्यक्ष दाहालले राष्ट्रपति निवास शितलनिवास पुगेर आइतबार बिहान राष्ट्रपति भण्डरीसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ता झण्डै एक घण्टा चलेको थियो । राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।