logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान संशोधन बिधेयक खारेजीको माग गर्दै सरीता गिरीद्वारा संशोधन दर्ता


अंकुरण खबर
1.04K
Shares

सरकारले संसदमा दर्ता गरेको संविधान संबिधान संशोधन बिधेयकविरुद्ध जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन बिधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप सम्बन्धी कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेद्वारा प्रस्तुत बिधेययकमा गिरीले बुधबार संसद सचिवालयमा पुगेर दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफ २ हटाउन भनिएको छ ।

दफा दुईमा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ । विधेयकमाथि मंगलवार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरु लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए ।

सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् । उनको संशोधन पार्टीको आधिकारिक हो वा व्यक्तिगत हो भन्ने खुलेको छैन ।