logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

मन्त्रीपरिषद बैठक आज बस्दै, प्रधानमन्त्रीले सिंगापुरबाटै भिडियो कन्फेरेन्समार्फत बैठक चलाउने


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्ने भएका हुन् ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन् । आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो । प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको छ ।