logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकतामा महिला-पुरुषबीच समान प्रावधान हुनुपर्छ : गगन थापा


अंकुरण खबर
2.86K
Shares

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी महिला वा पुरुषले नेपालीसँग विवाह गर्दा पाउने अंगीकृत नागरिकताको लागि समान प्रावधान हुनुपर्ने बताएका छन्।

आज वैवाहिक अंगीकृत नागरिकताको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले अवधि जति राखे पनि महिला र पुरुषबीच विभेद हुन नहुने बताएका हुन्।

थापाले भनेको छन्, ‘वैवाहिक अंगीकृत नागरिकता दिनुअघि निश्चित अवधि राख्नुपर्छ। त्यो अवधि महिला र पुरुषको हकमा समान हुनुपर्छ।’

गत आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा नागरिकता विधेयक पारित गरेको छ। नेकपा सचिवालय बैठकले प्रस्ताव गरेअनुरुप विदेशबाट विवाह गरेर आउने महिलाले ७ वर्षपछि नागरिकता पाउने कानुनको प्रस्ताव गरिएको छ।