logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटी बैठकमा सीमा विवादबारे छलफल


अंकुरण खबर
897
Shares

सत्तारुढ दल नेकपाको स्थायी कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ।

नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले महासचिव विष्णु पौडेल मार्फत बैठकमा आफु जरुरी काम परेकोले आउन नसक्ने सन्देश पठाएका थिए।

महासचिवले जानकारी दिएअनुसार प्रधानमन्त्री अरू काममा व्यस्त भएकाले उपस्थित हुन नसकेको उनको भनाइ छ।

शुक्रबारको बैठकमा बिशेषगरी सरकारले कालापानी तथा लिम्पियाधुरालाई समेटेर हालै जारी गरेको नक्साका बिषयमा छलफल भएको पनि श्रेष्ठले जानकारी दिए।

बैठकमा नेपाल भारत प्रबुद्ध समूह (ईपीजीं)को प्रतिवेदन भारतले बुझ्न नमानेकोमा चिन्ता प्रकट गरेको पनि उनले बताए।

आजको बैठकमा १८ जनाले बोलेका थिए। अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।