logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका थप ५ नेताले मागे प्रधानमन्त्री ओलीको राजीनामा


अंकुरण खबर
1.261K
Shares

सत्तारुढ दल नेकपाको (नेकपा) जारी स्थायी कमिटी बैठकमा बुधबार बोल्ने ४ नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

स्थायी समितिको पाँचौ दिनको बैठकमा बुधबार ५ जनाले धारणा राखेका थिए। पाँचमध्ये चार जनाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको बैठकमा सहभागी एक नेताले बताएका छन्।

मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा, नन्दकुमार प्रसाईं र योगेश भट्टराइृले आफ्नो धारणा राखेका थिए। ४ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको आलोचना गर्दै राजीनामा माग्दा पर्यटनमन्त्री समेत रहेका योगेश भट्टराईले भने मध्यमार्गी धारणा राखेका थिए।

भट्टराईले नेताहरुका बीचमा छलफल गरेर निकास निकाल्नुपर्ने मध्यमार्गी बाटोमा जानुपर्नेमा जोड दिएका थिए। यस्तै, अरु सदस्यले पार्टी र सरकार चलाउन अयोग्य भएकाले ओलीले छाड्नुपर्ने मत राखेका छन् ।

यसअघी हिजो बोल्ने १८ मध्ये १७ जनाले ओलीको राजिनामा मागेका थिए। पार्टीका बहुमत सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन्।