logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य परीक्षण गरि बालुवाटार फर्के प्रधानमन्त्री ओली


अंकुरण खबर
1.846K
Shares

स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली परीक्षणपछि प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले परीक्षणपछि निवासमा फर्किसकेको जानकारी दिए।

बुधबार अपराह्‍न नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली बाँसबारीस्थित हृदय केन्द्रमा पुगेका थिए।

केही समयअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृर्गौला प्रत्यारोपण गरिएको थियो।