मन्त्रिपरिषदको बैठक आज मध्याह्न १२ बजेपछि बस्दै छ ।
मन्त्रिपरिषदको बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ ।
यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।