logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपोली र रोमाको कठिन जित


अंकुरण खबर
975
Shares

इटालियन सिरी ‘ए’ मा नेपोली र रोमाले जित हात पारेको छ । नेपोलीले जिनोआमाथि जित निकाल्दा रोमाले पार्मालाई हराएको हो ।

बुधबार राति भएको खेलमा नेपोलीले जिनोआमाथि उसकै मैदानमा २–१ को कठिन जित निकालेको हो । नेपोलीको जितमा ड्रिज मर्टिन्स र हिर्भिङ लोजानोल गोल गरे । जिनोआका इडोअर्डो गोल्डानिगाले सान्तवना गोल फर्काए ।

खेलको आठौं मिनेटमा इल्जिफ इलमासको गोलले भिएआरको मान्यता नपाएपनि नेपोलीले पहिलो हाफको इन्ज्युरी समयमा मर्टिन्सको गोलबाट अग्रता बनाएको थियो ।

४९औं मिनेटमा इडोअर्डो गोल्डानिगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा हिर्भिङ लोजानोले गोल गर्दै नेपोलीलाई २–१ को जित दिलाए । जितसँगै नेपोली ३१ खेलबाट ५१ अंक जोडेर छैटौ स्थाना उक्लदा जिनोआ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा यथावत छ ।

यस्तै अर्को खेलमा रोमाले पार्मामाथि २–१ को पूनरागमन जित हात पारेको छ । रोमाको जितमा हेनरिक मिख्तरयान र जोर्डन भेरेटोउटले गोल गरे । पार्माका जुराज कुक्काले गरेको गोल सान्त्वना बन्यो ।

नवौं मिनेटमा जुराजको पेनाल्टी गोलबाट रोमा खेलमा पछि परेको थियो । ४३औं मिनेटमा मिख्तररियानले बराबरी गोल फर्काए । ५७औं मिनेटमा जोर्डनले गोल गर्दै रोमालाई २–१ को जित दिलाए ।

जितसँगै रोमा ३१ खेलबाट ५१ अंक जोडेर पाँचौ स्थानमा उक्लदा पार्मा ३९ अंक जोडेर १२औं स्थानमा यथावत छ । रोमाले नेपोलीलाई गोल अन्तरमा पछि पार्दै पाँचौ स्थानमा रहेको हो । एजेन्सी