logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढीपीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न पौडेलको माग


अंकुरण खबर
1.443K
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभका विभिन्न भागमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

उनले सोमबार विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन्। उनले प्राकृतिक प्रकोपमा आपत्कालीन संयन्त्रको प्रयोगमा ढिलाइ नगर्न आग्रह गरेका हुन्।

नेता पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन्।