logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपाका नेता सुनिल थापाले गरे कांग्रेस प्रवेश


अंकुरण खबर
1.222K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका सुनिलबहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन्।

राप्रपाका पूर्वमहामन्त्री समेत रहेका थापालाई मंगलबार दिउँसो सानेपामा आयोजित एक कार्यक्रमकाबीच सभापति देउवाले पार्टीमा स्वागत गरेका हुन्।

थापा राप्रपा संस्थापक तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। उनी यसअघि राप्रपा संयुक्तका महामन्त्री थिए। उनी पछिल्लो पटक भएको राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट रहँदै आएका थिए।

थापासहितका करिब तीन दर्जन नेताले शनिबार राप्रपा परित्यागको घोषणा गरेका थिए।