logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापति देउवासँग असन्तुष्ट कांग्रेसका नेताहरुको सानेपामा भेला


अंकुरण खबर
1.43K
Shares

पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका नेपाली कांग्रेसका नेताहरूले छुट्टै भेला बोलाएका छन् ।

भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बुधबार दिउँसो २ बजेका लागि भेला बोलाइको भएपनि अहिलेसम्म शुरु हुन सकेको छैन ।

१४ औं महाधिवेशन घोषणा भइसकेको अवस्थामा देउवाले आफूलाई फाइदा पुग्नेगरी विभाग र समितिमा मनोनयन जारी राखेपछि असन्तुष्ट केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन् ।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उपस्थित हुने बताइएको छ । केहीबेरमा बैठक सुरू हुने कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।

निर्वाचन आचारसंहिताविपरीत सभापति देउवाले विभागमा मनोनयन गरेपछि वरिष्ठ नेता पौडेल पक्षका नेता भेलामा जुट्न लागेका हुन् ।

२८ विभाग बढाएर कांग्रेसले ४७ पुर्‍याएको छ । यीमध्ये महत्वपूर्ण विभागमा देउवाले संयोजकलगायत मनोनयन गरेका छन् । पौडेलसँग विभागका लागि नेताहरुको नाम मागिए पनि दिएका थिएनन् ।