logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ, सीपीएल खेल्न भोलि वेस्ट इन्डिज जाँदै


अंकुरण खबर
1.261K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको उनका सहयोगी रमन सिवाकोटीले जानकारी दिए ।

सिजनको क्यारेवियन प्रिमियर लिग(सीपीएल) खेल्न जानुअघि सन्दीपले कोरोनाको परीक्षण गराएका हुन् । सीपीएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण देखाउनुपर्छ। सोही अनुसार सन्दीपले मंगलबार परीक्षण गराएका थिए।

सीपीएलका लागि सन्दीप बिहीबार कोरियन एयरको चार्टर्ड विमानबाट ट्रिनिडाड एन्ड टोबागो जाँदैछन् ।

ट्रिनिडाड पुगेलगत्तै उनी दुई साताको क्वारेन्टिनमा बस्नेछन् । यो बीचमा उनको दुईपटक कोरोना परीक्षण गर्नुपर्छ। दुबै नतिजा नेगेटिभ आए मात्र उनी खेल्न पाउनेछन् ।

सन्दीप यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो ।

यो वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा प्रतियोगिता सेप्टेम्बर १० सम्म सञ्चालन हुनेछ ।