logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कुवेतसँगको अवे खेलका लागि राष्ट्रिय फुटबल टिम कुवेत प्रस्थान


अंकुरण खबर
2.561K
Shares

काठमाडौं – फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको अवे खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यसतर्फ प्रस्थान गरेका छन् । कुवेतसँग खेल्ने २३ खेलाडीसहित नेपाली टिम आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् त्यसतर्फ प्रमस्थान गरेका हुन् ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते बिहिबार कुवेतसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा चाइनिज ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ । एन्फाले बिहिबार कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित सदस्य तथा कप्तान विराज महर्जन टिममा अटाएका छैनन् ।

कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् । यस्तै मलेसियन क्लबसँग मैत्रीपूर्ण खेलमा टिममा रहेका गोलकिपर एलेन न्यौपाने र विमल राना पनि टिमबाट बाहिरिएका छन् । फरवार्ड भरत खवास नेपाली सेनाको तालिमको कारण टिममा छैनन् ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।