logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश सांसद श्रेष्ठ दम्पतीलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.313K
Shares

प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य कुसुम श्रेष्ठ र उनका पतिलाई कोरोना पुष्टि भएको छ ।

हाल इटहरीमा बस्दै आएकी धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद श्रेष्ठलाई टाउको दुख्ने र ज्वरो आउने भएसँगै स्वाब दिएकी थिइन् । उनको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

श्रेष्ठ दुई छोरीसहित इटहरीमा बस्छिन् । उनका श्रीमान र उनमा कोरोना देखिए पनि दुई छोरीहरूमा भने कोरोना देखिएको छैन । अहिले दुवैको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा बसेका छन् ।

सांसद दम्पतीलाई कोरोना संक्रमण देखिएपछि इटहरी अस्पतालले श्रेष्ठ परिवार सबैको ‘कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परीक्षण गर्ने भएको छ ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।