नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको झण्डा जलाउनेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
देशको झण्डा, नक्सा या अन्य कुनैपनि प्रतिक चिह्न जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकता नभएको भन्दै उनले कारबाहीको माग गरेका हुन् । युट्युबमा एक समूहले नेपाली झण्डा जलाएको तथा जातीय घृणासहितको भिडियो राखेपछि प्रवक्ता शर्माले उक्त प्रतिक्रिया जनाएका हुन्।
सामाजिक सञ्जालमा उनले नेपालको पहिचान र नेपालीको संवेदनशीलतामाथि भएको प्रहार जोसुकैबाट भएपनि क्षम्य नहुने उल्लेख गरेका छन् ।
यस्तो छ उनको ट्वीट:
देशको झण्डा,नक्सा या अन्य कुनैपनी प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न l तत्काल खोजी गर्ने,गिरफ्तार गर्ने र कानुनमा ब्यवस्था भए बमोजिम कडा कार्वाही गर्ने !
नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जोबाट होस् त्यो कहिल्यै क्षम्य हुन्न !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 18, 2020