सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन ।
मुख्यमन्त्री भट्टले तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण प्रदेशवासी दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आपसी एकता र सद्भाव कायम रहोस् भनि शुभकामना व्यक्त गरेका छन् ।
‘नेपालको सबै खाले परिवर्तनकारी आन्दोलनमा महिलाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्राप्त उपलब्धि प्रति गर्व गर्न तीज पर्वले प्रेरणा प्रदान गरोस् भनि शुभकामना गर्दछु’ मुख्यमन्त्री भट्टद्वारी जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
शुभकामना सन्देशमा उनले अगाडि भनेका छन्, ‘सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न अवस्थाको कारण इतिहासकै कठिन मोडमा गुज्र्रिरहेको र यसबाट हाम्रो देश र सुदूरपश्चिम प्रदेशसमेत अछुतो रहन नसकेको परिस्थितिमा सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी निर्देशन पालना गरी आपसी समझादारी र बन्धुत्वको भावना जगाइ तीज पर्वलाई खुसीयालीका साथ मनाउन आग्रह गर्दछु ।’