काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन् ।
बुधबार बिहान प्रहरीको टोलीले जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन् ।
पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखि उनीमाथि कानुनबामोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ ।