मेस्सीले बार्सिलोनाबाट सहज र सौहार्दपूर्ण बहिर्गमन चाहेका बताएका छन ।
क्लवलै बस्न गरेको आग्रह अस्वीकार गर्दै उनले आफ्ना प्रतिनिधिलाई बार्सिलोनासँग बैठक राख्न अनुरोध गरेका छन् ।
उनले क्लबसँग कानुनी लडाँई नगरी विवाद अन्त्य गर्न खोजेका हुन् । बार्सिलोनका अध्यक्ष जोसेप बर्टोमेउसँग विवाद बढाउने र उनलाई राजीनामा गराउने पक्षमा नरहेको बताइएको छ । दुबै पक्षको बैठक भर्चुअल वा कस्तो हुने भन्ने टुंगो लागेको छैन ।
मेस्सी पछिल्लो समय इङलिस क्लव म्यानचेष्टर सिटीमा जान खोजेको बताइएको छ । च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि कप्तान मेस्सी नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको व्यवहारप्रति असन्तुष्ट छन् । सोही कारण उनले क्लव छाडने घोषणा गरेपछि बार्सिलोना पछिल्लो समय संकटमा छन् । एजेन्सी