logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीपीएल : सन्दीप लामिछाने आबद्ध जमैका तलावाजको खेल नतिजाविहीन


अंकुरण खबर
1.573K
Shares

क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन सकिएको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित गरेपछि खेल नतिजाविहीन सकिएको हो । खेल नतिजाविहीन भएपछि दुवै टिमले एकरएक अंक पाएका छन् ।

खेल रोकिनुअघि प्याट्रियट्सले ५ ओभर ४ बलमा विना विकेटको क्षतिमा ४६ रन बनाएको थियो । जमैका ८ खेलमा ७ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ भने प्याट्रियट्स ९ खेलमा ३ अंकका साथ तालिकाको पुछारमा छ । एजेन्सी