logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी


अंकुरण खबर
1.17K
Shares

सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले लगातारको बाढी पहिरोबाट ठूलो क्षति बेहोरिरहेको सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न लागेको स्रोतले जनाकारी दियो ।

२०७२ सालको भूकम्पमा तीन हजार भन्दा धेरैको ज्यान गएको सिन्धुपाल्चोकमा त्यसपछि हरेक वर्ष प्राकृतिक विपत्तिबाट ठूलो धन जनको क्षति हुने गरेको छ ।