नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले डा. गोविन्द केसीमाथि गरेको अपमानजनक व्यवहार निन्दनीय भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, “सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाइँदैन । तर, अनसनरत डा. गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ । सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ,” ।
२९ भदौदेखि जुम्लाको रानीचौरस्थ्ति बाबिरामष्ट मन्दिरमा १९ औं अनसन बसेका डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जान चाहेको भएपनि प्रहरीले ट्रमा सेन्टर लगेका थिए ।