प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बझाङकी बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको विषयमा गृहमन्त्री रामबहादुर थापासँग छलफल हुने भएको छ ।
समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई घटनाबारे छलफलका लागि बोलाएको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
एक साताअघि बझाङमा बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको शव अझै उठाइएको छैन ।
आजको बैठकमा समितिका सदस्यहरुले मन्त्रालयलाई कुन कुन कुरामा ध्यानाकर्षण गराउने बारे छलफल गर्ने उनले बताइन् ।
गृहमन्त्रीसँग बझाङ, बारा, लगायत देशका अन्य क्षेत्रमा भएका बलात्कारका घटनाबारे जानकारी लिने र कारवाही प्रक्रियाबारे समितिले छलफल गर्न लागेको हो ।