logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीका सल्लाहकारमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रिमालले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । शुक्रबार गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना भेटिएपछि रिमालले आफ्नो सम्पर्कमा आएकालाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’  ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

प्रेस सल्लाहकार थापाले पनि फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताएका छन्।

उनले लेखेका छन्–हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजेटिभ देखियो । यसबीचमा मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध छ ।”

यस्तै, प्रधानमन्त्रीकै परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई पनि संक्रमण भएको छ ।

तीन जना सल्लाहकारमा कोरोना पुष्टि हुँदा प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।