logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराट कोहलीको नाममा नयाँ रेकर्ड


अंकुरण खबर
1.339K
Shares

आइपिएल अन्तर्गत गएराति दिल्ली क्यापिट्ल्सविरुद्ध खेल्दै भारतीय क्रिकेट टिम तथा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का कप्तान विराट कोहलीले नयाँ रेकर्ड आफ्नो नाममा गराएका छन् । उनी विश्वमा एकै टिमका लागि सबैभन्दा बढी टि–२० खेल्ने खेलाडी बनेका हुन् ।

कोहलीले इङ्लिस खेलाडी जेम्स हिल्ड्रेथको रकर्ड तोडेका हुन् । जेम्सले सरमेटका लागि १९६ खेल खेल्दा कोहलीले आरसिबीका लागि १९७ खेल खेलेका छन् । कोहलीले आरसिबीका लागि आइपिएलमा १८२ तथा च्याम्पियन्स लिगमा १५ खेल खेलेका छन् ।

त्यस्तै यो खेलमा १० रन प्रहार गर्दै कोहली टि–२० मा ९ हजार रन प्रहार गर्ने पहिलो भारतीय खेलाडी समेत बने । उक्त खेलमा उनले ४३ रन प्रहार गरेका थिए ।

उनले भारतका लागि तथा आइसिसीको मान्यता प्राप्त घरेलु प्रतियोगिता र फ्रेन्चाइज लिगमा गरेर कुल २८६ खेलमा ९ हजार ३३ रन प्रहार गरेका छन् । उनले भारतका लागि ८२ अन्तर्राष्ट्रिय खेलमा २ हजार ७९४ रन, आसिबीका लागि १९७ खेलमा ५ हजार ९२६ र घेरलु प्रतियोगितामा दिल्लीका लागि ७ खेलमा ३१३ प्रहार गरेका छन् ।

यो उपलब्धि हात पार्ने उनी विश्वका सातौं खेलाडी हुन् । उनी भन्दा अगाडि वेस्ट इन्डिजका क्रिस गेल र काइरन पोलार्ड, पाकिस्तानका सोएब मल्लिक, न्युजिल्यान्डका ब्रेन्डन म्याककुलम तथा अस्ट्रेलियाका डेविड वार्नर र आरोन फिंचले यो उपलब्धि हात पारेका थिए ।

गेलले १३ हजार २९६, पोलार्डले १० हजार ३०७, मल्लिकले ९ हजार ९२६, म्याककुलमले ९ हजार ९२२ वानर्रले ९ हजार ४५१ र फिंचले ९ हजार १४८ रन प्रहार गरेका छन्  । एजेन्सी