प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्याग्रहमा बसेका डा. गोविन्द केसीको माग छिटो भन्दा छिटो सम्बोधन गर्न आग्रह गरेका छन् ।
बुधवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. कोइरालाले डा. केसीको मागप्रति राज्य किन निर्मम र कठोर बनेको भन्दै प्रश्नसमेत गरेका हुन् ।
‘डा. गोविन्द केसीको मागप्रति राज्य किन यति निर्मम र कठोर ?’ डा. कोइरालाले प्रश्न गरेका छन्, ‘लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिँदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’