logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ विदेशमन्त्रीले आज प्रचण्ड तथा देउवालाई भेट्ने


अंकुरण खबर
936
Shares

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार पनि राजनीतिक भेटवार्ता गर्दै छन् ।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार भेटवार्ता गर्ने तयारी छ । यस्तै उनले नेपाल–चीन व्यापार सम्बद्ध प्रतिनिधिसँग पनि भेट गर्दै छन् ।

सोमबार राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसहितलाई भेटेका उनी मंगलबार नै स्वदेश फर्किँदै छन् । उनी आइतबार बेलुका नेपाल आएका हुन् ।