logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई ओलीको निर्देशन


अंकुरण खबर
1.144K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष  केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् ।

शनिबार दिउँसो बालुवाटारमा कर्णालीका ने‍ताहरुसँग भएको छलफलमा प्रधानमन्त्री समेत रहेका ओलीले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताएका  हुन् ।

‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक  नेताले बताए ।  छलफलमा ओलीले  प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले सो छलफलमा  आ(आफ्नो धारणा व्यक्त गरेका थिए ।

पार्टीका अर्का अध्यक्ष दाहाल बालुवाटारको उक्त छलफलमा उपस्थित भएनन् । उनले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका  थिए भने वरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् ।

नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद थप चुलिएको छ ।