logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिचौलीयालाई तिनै तहमा प्रवेश निषेध गर्नु पर्छ : कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री चौधरी


अंकुरण खबर
1.274K
Shares

कृषि तथा पशुपंंक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बिचौलीयाका कारण देश विकास हुन नसकेको बताएकी छिन् ।
कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र कोरीयन ईन्टरनेसनल कोप्रेसन एजेन्सीले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले सरकारले तीनै तहमा बिचौलीयाहरुलाई प्रवेश निषेध गर्नु पर्ने बताइन् ।

हरेक बस्तु बाहिरबाट आयात गरेर देश कहिल्यै आत्मनिर्भर हुन नसक्ने भएकाले सरकारले मासुजन्य बस्तु सिमा पारीबाट ल्याउन रोक लगाएको उनको भनाई छ ।

नेपाल मासुजन्य बस्तुमा बिस्तारै आत्मनिर्भर हुदै गएकाले चाडबाड र दशै तिहारमा बाहिर बाट खसी बोका नल्याए नपुगने कुरा निराधार रहेको मन्त्री चौधरीको जीकिर थियो । मन्त्री चौधरीले अब तरकारी ,फलफूल तथा हरेक बस्तुमा नेपाल आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि कृषकलाई प्रोत्साहन गर्न सरकारी स्तरबाटै समय सापेक्ष कार्ययोजना ल्याउनुपर्ने बताइन् ।