logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोकर्ण विष्टले दशैं भत्ताबापतको रकम फिर्ता गरे


अंकुरण खबर
1.144K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवं सांसद गोकर्ण विष्टले दशैं भत्ताबापत संसद् सचिवालयले उपलब्ध गराएको रकम फिर्ता गर्न माग गरेका छन् ।

सांसदहरूले दशैं भत्ता बुझेको समाचारहरु सार्वजनिक भएसँगै सांसदहरूले भत्ता फिर्ता गरिरहेका छन् ।

विष्टले आइतवार संसदका महासचिवलाई चिट्ठी लेखेर सांसदले दशैं भत्ता लिने कुरा सामाजिक न्यायको हिसाबले पनि ठीक नहुने भन्दै फिर्ता गरेको जानकारी गराएका हुन् ।

उनले चेकमार्फत दशैं भत्ताबापतको रकम संसद् सचिवालयलाई फिर्ता गरेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न सांसदलाई निर्देशन दिइसकेका छन् ।