logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

जनता समाजवादी पार्टीका सांसदहरुले दशैँ भत्ता नलिने


अंकुरण खबर
871
Shares

जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले दशैँको भत्ता नलिने भएका छन् ।

जसपाको संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले यस वर्षको दशैँमा आउने तलव तथा भत्ता नलिने भएका हुन् ।

जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले दशैँ भत्ता नै खारेज गर्नुपर्ने माग समेत गरेको छ ।

दशैँका लागि आउने भत्ता रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय भएको जसपाले जनाएको छ ।