logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले ‘रअ’का प्रमुखलाई भेटेर देशको राष्ट्रिय स्वाभिमान कमजोर पारे : नेकपा प्रवक्ता श्रेष्ठ


अंकुरण खबर
949
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग भेटेर देशको राष्ट्रिय स्वाभिमान कमजोर पारेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै प्रवक्ता श्रेष्ठले यसप्रकारको कार्यले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने जनाएका हुन् ।

उनले विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट कूटनीतिक मूल्य र आचारसंहिताविपरीत भएकोसमेत जनाएका छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको यस भेटबारे पार्टीमा पूर्वजानकारी नभएको, छलफल नगरेको र पार्टीलाई कुनै जानकारी पनि नभएको जनाएका छन् ।

उनले प्रधानमन्त्रीले कुनै विदेशी गुप्तचर संस्थाका प्रमुखसँग समकक्षीझैँ भेटेको नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको घटना पहिलो भएको उल्लेखसमेत गरेका छन् ।

प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूचीअनुसार विदेशी गुप्तर संस्थाका अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत भेटेको पनि जनाएका छन् ।