logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलमा आज पञ्जाब र कोलकात्ता आमनेसामने हुँदै


अंकुरण खबर
1.3K
Shares

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार किङ्स–११ पञ्जाब र कोलकात्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार साँझ ७:४५ मा युएईको सारजँहामा हुनेछ।

जारी आईपीएलमा ११ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ भने ११ खेलबाट १० अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौँ स्थानमा छ।

प्लेअफमा स्थान बनाउनका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण छ।