logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी बैठक बोलाएर केही निर्णय लिन खोजे ठूलो एक्सन लिने ओलीको चेतावनी


अंकुरण खबर
1.573K
Shares

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय नमान्ने र सँगै बस्न नसके पार्टी फुटाएर अलग भएर अघि बढ्ने प्रस्ताव गरेको दोहोर्याएका छन् ।

सोमवार बिहान आफ्नो निवासमा केही पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग ओलीले यस्तो प्रस्ताव राखेका हुन् ।

‘ओलीले बैठकको केही काम छैन, बैठक बसेर के गर्ने रु बैठक किन काम छैन भन्दा मैले बैठकले गरेका निर्णयहरू मान्दिन । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेर निर्णय गर्नुस, मैले मान्दिन भन्नुभएछ,’ उनले भने ।

प्रचण्डको ब्रिफिङ उदृत गर्दै उनले थपे ,’तपाईहरूले आफ्नै तर्फबाट बैठक बोलाउनु भयोभने म ठूलो एक्सन लिन्छु, त्यसको सामना गर्न तपाईंहरू तयार हुनुहोस् ।‘

श्रेष्ठले कर्णाली प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलेपछि अध्यक्ष प्रचण्डलाई आइतवार फोन गरेको खुलासा गरे ।

‘हिजो चाहिँ कर्णाली प्रदेश सरकारको पुनर्गठनको चर्चा चलेपछि ओलीले प्रचण्डलाई फोन गर्नुभएछ,’ श्रेष्ठले भने, ‘फोनमा ओलीले तपाईहरूले कर्णाली प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन गर्न लाग्नु भएको छ रे भन्ने सुनें । यदि त्यसो गर्नुभयो भने मैले चाल्ने कदमको सामना गर्न तयार हुनुहोस् भन्नुभएछ ।

ओलीले प्रचण्डसँगको फोनमै सँगै बस्न सकिन्न भने अलग भएर अघि जाउँ न त भनेर दोहोर्याएर भनेको श्रेष्ठले बताए ।