logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा कोरोनाबाट थप एक जनाको मृत्यु


अंकुरण खबर
637
Shares

पाल्पामा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

पूर्वी पाल्पाको रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय पाल्पाले पुष्टि गरेको छ ।

गत कात्तिक ५ गते कोरोना पुष्टि भइ लुम्बिनी मेडिकल कलेजमा उपचाररत ती पुरुषको सोमबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनलाई स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । योसँगै पाल्पामा कोरोना कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ ।