logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिफा विश्वकप एशिया छनोटको दोस्रो चरणका खेल तालिका सार्वजनिक


अंकुरण खबर
910
Shares

एसियन फुटबल महासंघ “एएफसी“ ले फिफा विश्वकप छनोट तथा एसियन कप छनोटको दोस्रो चरणका बाँकी खेल खेल्ने मिति तोकेको छ ।

क्वालालम्पुरका बसेको एएफसीको भर्चुअल बैठकले बाँकी खेल जुन १५ सम्ममा सक्ने निर्णय गरेको हो ।

अक्टोबर र नोभेम्बरमा सञ्चालन गर्ने भनिएका छनोट खेल कोरोना भाइरस महामारीका कारण स्थगित भएका थिए । छनोट खेल अन्तर्गत अब बाँकी म्याच डे ७ र ८ का खेल मार्च तथा म्याच डे ९ र १० का खेल जुनमा हुनेछन् ।

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेल नेपालले घरेलु मैदानमा अब अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ । सबै अवे खेल खेलिसकेको नेपालले एक होम म्याच तटस्थ भूमिका रुपमा भुटानमा खेलिसकेको छ ।

समूह बीमा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ । विश्वकप छनोटको तयारीमा रहेको राष्ट्रिय टोली अहिले मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा छ ।