नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।
वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् । उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए ।
आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको श्रृङ्गलाले बताए ।
वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृङ्गला सहभागी थिए । भारतीय विदेश सचिव श्रृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाडौं आइपुगेका हुन् ।