logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब प्रधानमन्त्री ओली पनि ‘टिकटक’ मा


अंकुरण खबर
2.678K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडियो सेयरिङ एप टिकटकमा खाता खोलेका छन्।

किशोर तथा युवा पुस्तामाझ लोकप्रिय भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्री ओलीले आइतबार एकाउन्ट खोलेका हुन्।

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ।

अहिलेसम्म एउटा मात्र भिडियो राखिएको यो एकाउन्टलाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन।

उनले टिकटकमा राखेको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ ।